मध्यरातमा अमेरिकी विदेशमन्त्री पम्पेओले सम्झिए नेपाल
hamrakura.com · Wed Jun 24 18:05:00 UTC 2020
काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी नेपालले स्विकार्ने नस्विकार्ने चर्चाकै बीच अमेरिकी विदेशमन्त्री माइक पम्पेओले नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग छलफल गरेका छन्। ज्ञवालीसँगको छलफलको भएको जानकारी दिदै पम्पेओले ट्वीट गरेका छन्।
पम्पेओले ट्वीटमा नेपालका परराष्ट्मन्त्री ज्ञवालीसँग महत्वपूर्ण छलफल भएको जानकारी गराएका थिए। राती दश वजेर १२ मिनेटमा गरेको उनको ट्वीटमा नेपालसँग कोभीड १९ बिरुद्ध लड्न अमेरिकाले जारी राखेको सहयोग लगायतका कैयन बिषयमा छलफल भएको जनाएका छन्। उनले आगामी दिनमा अमेरिका नेपाल सम्वन्ध अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)