तस्वीर : रानीपोखरीमा पानी जम्मा हुँदै
abhiyandaily.com
विसं २०७२ सालको भुकम्पले क्षति पुगेको रानीपोखरीको काम अन्तिम चरणमा पुगेसँगै पानीसमेत जम्मा हुन थालेको छ । रानीपोखरीमा पानी भर्न आकाशे पानीलाई पहिलो प्राथमिकतामा राखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताएको छ । तस्वीर : प्रकाश केसी /आर्थिक अभियान
प्रतिक्रिया