१.५ डिग्री लक्ष्य जोगाउन नयाँ रणनीति
barnanmedia.com · Wed Sep 02 20:15:00 GMT 2026

विश्व तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि जाने सम्भावना बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घले तापक्रम वृद्धिलाई नियन्त्रण गर्दै केही समयपछि पुनः १.५ डिग्रीमा फर्काउने रणनीति बनाउन विश्वलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सम्भावित ‘ओभरसुट’ लाई छोटो र सीमित राख्दै तापक्रम घटाउने मार्ग तय गर्नुपर्नेमा जोड दिइएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत वर्ष नै १.५ डिग्रीको सीमा केही समयका लागि पार हुने सम्भावना स्वीकार गर्नुभएको थियो । सन् २०१५ को पेरिस सम्झौतामार्फत करिब २०० मुलुकले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्न प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । तर बढ्दो तापक्रमका कारण अब जलवायु नीतिले ओभरसुटपछिको अवस्थालाई समेत सम्बोधन गर्नुपर्ने युएनईपीको निष्कर्ष छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)