जुन महिनामा आए ९१ हजार ३६३ पर्यटक, आगमन १९.५ प्रतिशत बढ्यो
onlinekhabar.com · Thu Jul 02 06:57:26 GMT 2026

१८ असार, काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटक गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो ।
गत वर्षको यसै महिनामा ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको वर्ष सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ आगमन भएको थियो । त्यसको आधारमा पनि यस वर्षको जुन महिनामा २२.०१ प्रतिशतले पर्यटक संख्या वृद्धि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)