पोखराका घाटमा ठेक्काबाहिर उत्खनन, अनुगमन फितलो
nepalnews.com · Thu Jul 02 06:09:59 GMT 2026

पोखरा । पोखरा महानगरपालिका–३३ स्थित चमेरे घाटमा २०८० को अन्तिमतिर बिना ठेक्का गिटी–ढुंगा उत्खनन भएको भन्दै स्थानीयले विरोध गरे। खोला पारि पर्ने वडा २७ को मोरेखरे घाटमा महानगरले करिब एक करोड रुपैयाँको ठेक्का लगाएको थियो। तर, त्यही ठेक्काको बहानामा खोला पारि चमेरे घाटबाट समेत नदीजन्य पदार्थ उत्खनन भएको स्थानीयको आरोप छ।
ठेक्का सम्झौता नै अस्पष्ट भएको र नीतिगत अलमलको फाइदा उठाउँदै अर्को घाटसम्म उत्खनन गरिएको स्थानीय बताउँछन्। विरोधपछि महानगरले उत्खनन रोक्न नगर प्रहरी पठाएको थियो। रामबजार प्रहरीको सहयोगमा अवैध उत्खनन रोक्न प्रयास गरिए पनि घाटमा उत्खनन नरोकिएको स्थानीयको भनाइ छ। केही समयअघि रामघाटमा पनि यही विषयमा स्थानीयबीच विवाद भएको थियो, तर त्यो विषय पनि त्यसै सेलायो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)