पेप्सी–माउन्टेनडिउपछि फेरि वरुण बेभरेजमाथि प्रश्न, सेभेन–अपको बोतलमा प्लास्टिक भेटिए पछि विवादमा
bishowkhabar.com · Thu Jul 02 07:06:05 GMT 2026

काठमाडौं- अखाद्य तथा गुणस्तरहीन वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योगमाथि कडा कारबाही गरिने गृह मन्त्रालयको पछिल्लो चेतावनी सार्वजनिक भएको केही समयमै नेपालमा उत्पादन भएको सेभेन अपको सिलबन्दी बोतलभित्र प्लास्टिक भेटिएको दाबी सार्वजनिक भएको छ । घटनापछि वरुण बेभरेज नेपाल प्रालिले उत्पादन गर्ने पेय पदार्थको गुणस्तर र उत्पादन प्रक्रियामाथि पुनः प्रश्न उठेको छ ।
बजारबाट खरिद गरिएको सिलबन्दी बोतलभित्र प्लास्टिक देखिएको दाबी सार्वजनिक भएपछि उपभोक्ता, अधिकारकर्मी तथा सम्बन्धित निकायको ध्यान यसतर्फ तानिएको छ । यसअघि पनि यही कम्पनीका उत्पादन पेप्सी र माउन्टेनडिउमा किरा तथा अन्य बाह्य पदार्थ भेटिएको भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विभिन्न दाबी सार्वजनिक भएका थिए । यस्ता प्रकृतिका गुनासा पटक–पटक दोहोरिनुले कम्पनीको गुणस्तर नियन्त्रण प्रणाली, उत्पादन प्रक्रिया तथा उपभोक्ताप्रतिको जिम्मेवारीबारे प्रश्न उठ्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)