पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
ratopati.com · Thu Jul 02 07:13:47 GMT 2026

चितवन। मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनामा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान ११ : ४० बजे जिल्ला चितवन, इच्छाकामना गाउँपालिका–६ स्थित पानीधारा भन्ने स्थानमा पहिरो खसेको हो ।
सडक दुवैतर्फ ठप्प भएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् । ट्राफिक प्रहरीले उक्त सडकखण्ड भएर यात्रा गर्ने सम्पूर्ण सवारी चालक तथा यात्रुहरूलाई सडक सुचारु नभएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)