मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको कारवाहीमा, निवासमै पुगेर ट्राफिकले काट्यो चिट
nepalviews.com · Thu Jul 02 07:14:02 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि ट्राफिक प्रहरीले निवासमै पुगेर उनलाई जरिवाना तिराएको हो ।
मुख्यमन्त्री शाहले निवास परिसरमा हेल्मेट नलगाई बुलेट बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो । शाहलाई पाँच सय रूपैयाँ जरिवाना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)