रुसले युरोपमा तेल आपूर्ति घटाउने
nepalipaisa.com
मस्को : रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने तथा बचत गरिएको मात्रा एसियामा पुर्यानउने योजना बनाएको छ । रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिहीबार यस्तो बताएका हुन् । रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र तेल उत्पादन र युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारहरुलाई बताएका थिए । यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ जानेछ । करिब ८०–९० मिलियन टन पश्चिमतर्फ पठाइनेछ ।
रासस–सिन्ह्वा
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)