मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको कारवाहीमा, निवासमै पुगेर काट्यो चिट
kendrabindu.com · Thu Jul 02 07:21:40 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि ट्राफिक प्रहरीले निवासमै पुगेर उनलाई जरिवाना तिराएको हो ।
मुख्यमन्त्री शाहले निवास परिसरमा हेल्मेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा पोष्ट भएको थियो । शाहलाई पाँचसय रूपैयाँ जरिवाना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)