मुग्लिन-नारायणघाट सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
annapurnapost.com · Thu Jul 02 07:14:20 GMT 2026

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित पानीधारामा सुख्खा पहिरो खसेपछि मुग्लिन–नारायणघाट सडकखण्ड दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार बिहीबार बिहान ११:४० बजेतिर पहिरो खसेपछि सडकमा सवारीसाधन सञ्चालन रोकिएको हो।
सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सडक खुल्दासम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। यात्राअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)