बालवालिकालाई साइबर अपराध तथा इन्टरनेटको दुरुपयोगबाट कसरी बचाउने ?
ictsamachar.com · Fri Jul 31 02:26:00 UTC 2020
बालबालिका र युवाहरुको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्डसेफ नेटले इन्टरनेटबाट बालबालिका र युवाहरुलाई हुने उत्पीडनको बारेमा विभिन्न ६ वटा भर्चुअल वर्कसप आयोजना गरेको छ । 'इभिडेन्स रिभ्यु , रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ को विषयमा चाइल्ड सेफनेटले युनिसेफसँगको सहकार्यमा आयोजना गरेको भर्चुअल वर्कशपमा २५ जनाभन्दा बढि रिसोर्स पर्सनको रुपमा सहभागी भएका थिए । ५ सयभन्दा बढिले कार्यक्रममा प्रत्यक्षरुपमा सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।
विभिन्न ६ वटा भर्चुअल वर्कसपमा बालबालिका , अभिभावक , युवा , नेपाल दूरसञ्चार प्राधिकरण , इन्टरनेट सेवा प्रदायक , सरोकारवाला तथा सरकारसँग छलफल गरिएको थियो । विभिन्न निकाय र व्यत्तिहरुसँगको छलफलबाट नेपालमा बालबालिका र युवाहरु इन्टरनेटको प्रयोग कसरी गरिरहेका छन , यसको दुरुपयोग कसरी हुन्छ र यसको निवारणको लागि अभिभावकदेखि सरकारसम्मले कस्तो तयारी र योजनाहरु बनाउनुपर्छ भन्ने कुरामा जोड दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)