रोल्पाका दुई गाउँपालिकाको बजेट सभा भएन
abhiyandaily.com
असार १०, रोल्पा । संविधानतः असार १० गतेभित्र सबै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट ल्याइसकेको हुनुपर्छ, तर रोल्पाका दुईवटा गाउँपालिकाले भने बुधवार बजेट ल्याउन सकेनन् । जिल्लाको थबाङ गाउँपालिका र लुङ्ग्री गाउँपालिकाले आन्तरिक समस्याका कारण तयारी पूरा नभएको भन्दै बजेट ल्याउन नसकेका हुन् । केही विषयगत शाखा र समुदायबाट आएका योजना तर्जूमाका विषयमा टुंगो नलागेकाले बजेट ल्याउन ढिलाइ भएको थबाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीले बताए ।
यस्तै गत वर्ष पनि आन्तरिक विवादका कारण गाउँ सभा गर्न नसकेको लुङ्ग्री गाउँपालिकाले यस वर्षपनि वडा स्तरबाट आएका योजनाका विषयमा अझै विवाद देखिनुका साथै तयारी समेत नपुगेकाले गाउँ सभा हुन नसकेको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जानकारी दिए । जिल्लाका एक नगरपालिका र ७ वटा गाउँपालिकाले भने बुधवार बजेट प्रस्तुत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)