अर्जेन्टिनी जर्सी पहिरिएको ‘मेसी’ नामक बाख्रा पनि चर्चामा
onlinekhabar.com · Thu Jul 02 07:27:45 GMT 2026
१८ असार, काठमाडौं । लियोनेल मेसीले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी ( गोट ) का रूपमा आफ्नो दाबी बलियो बनाइरहँदा, कन्सास सिटीमा भने अर्को एउटा ‘मेसी’ नाम दिएको बाख्रा मिसौरी नदीको किनारमा झारपात चपाउँदै प्रशंसकहरूको मन जित्न व्यस्त छ।
विश्वकप प्रतियोगिता सुरु हुन ठीक अगाडि जन्मिएको यसलाई अर्जेन्टिनाको जर्सी पहिराइएको छ। आफ्नो नाम जोडिएका विश्वप्रसिद्ध खेलाडी मेसीले दुई खेलमा पाँच गोल गरिसक्दा यो खसी पनि उत्तिकै चर्चित बनेको छ। कन्सास सिटीमा भएको खेलमा अल्जेरियाविरुद्ध ३-० को जित निकाल्दा मेसीले ह्याट्रिक गरेका थिए भने अस्ट्रियाविरुद्धको २-० को अर्को जितमा दुई गोल थपेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)