दोलखामा खोलाले बगाउँदा २ जना बेपत्ता
ratopati.com
दोलखा । दोलखाको विगु गाउँपालिका–२ ओराङमा खोलाले बगाउँदा एक दाम्पती बेपत्ता भएका छन् । विगु गाउँपालिका–२ ओराङ टाइवा निवासी ६५ वर्षीय रामजी विक र उनकी ६० वर्षीया श्रीमती बुद्धिमाया विकलाई खोलाले बगाउँदा बेपता भएको आफन्त उद्धव विकले जानकारी दिए ।
सोमबार बिहान घरदेखि तल खेतमा गएका ती दम्पती बीचमा रहेको टाइवा खोलाले बगाएको हुनसक्ने आफन्तहरुले बताएका छन् । सोमबार बिहान ती दम्पती खेतमा गएको र हालसम्म बेपत्ता रहेको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)