पर्वतमा पहिरोमा पुरिएका ८ को शव फेला
abhiyandaily.com
जेठ ३२, पर्वत ।पर्वतको कुश्मा नगरपालिका तीन दुर्लुङमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परेको छ । दिनभरि खोज्दा पनि एक जनाको अवस्था पत्ता लागेन । शनिवार राति आठ बजे भीषण वर्षासँगै आएको पहिरोमा पुरिएको दुई घरका ९ जना मध्ये ५८ वर्षका तुलबहादुर थापा, ५७ वर्षकी मीनाकुमारी थापा, ३४ वर्षकी दिर्पा थापा, १४ वर्षका विवेक थापा, चार वर्षकी विविसा थापा र ११ वर्षका सम्राट थापाको शव फेला परेको छ ।
त्यस्तै ३० वर्षकी कमला विक र कमलाका छोरी ८ वर्षकी प्रमिसा विकको पनि शव भेटिएको छ । पहिरोमा पुरिएर बेपत्ता भएका कमला विकका १२ वर्षका छोरा जेनिस विकको भने अवस्था पत्ता नलागेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । जेनिस पहिरोमै पुरिएको स्थानीयले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)