जीडब्लूएम ओरा ५ ले जित्यो प्रतिष्ठित ‘डिजाइन अफ द इयर’ अवार्ड
nagariknews.nagariknetwork.com · Thu Jul 02 07:27:51 GMT 2026

नेपालमा सार्वजनिक भएको एक सातामै जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी ओरा ५ ले अटोमोबाइल बजारमा अर्को महत्त्वपूर्ण सफलता हासिल गरेको छ। जीडब्लूएमको पूर्ण विद्युतीय मोडेल ओरा ५ ले प्रतिष्ठित २०२५ लन्डन डिजाइन अवार्ड्स अन्तर्गत अटोमोबाइल्स भेहिकल्स विधामा ‘डिजाइन अफ द इयर’ उपाधि जितेको हो ।
‘यो सम्मानले ओरा ५ को आकर्षक बाह्य स्वरूप मात्र होइन, अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित सोच तथा स्मार्ट गतिशीलताप्रति जीडब्लूएमको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)