पर्यटक बोकेको डुङ्गा डुब्दा सात जनाको मृत्यु, एक बेपत्ता
barnanmedia.com · Thu Jul 02 07:38:09 GMT 2026

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको सैफुल्ला तालमा पर्यटक बोकेको डुङ्गा डुब्दा सात जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
एउटै परिवारका आठ जना सदस्य बोकेको डुङ्गा स्वात जिल्लाको सुन्दर कलाम क्षेत्रमा पल्टिएर डुबानमा पर्दा दुर्घटना भएको जिल्ला प्रहरी अधिकारीलाई उदृत गर्दै मिडियाले जनाएका छन् । सात जनाको शव बरामद गरिएको उद्धार टोली, प्रहरी अधिकारी र स्थानीय स्वयंसेवकले बेपत्ता व्यक्तिको खोजी जारी राखेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)