साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुंगा सुरुङमार्ग, अन्तिम प्राविधिक परीक्षण सम्पन्न हुँदै
bishowkhabar.com · Thu Jul 02 07:57:20 GMT 2026

काठमाडौं- नेपालको पहिलो सडक सुरुङमार्ग (नागढुंगा सुरुङमार्ग) आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । परियोजनाअन्तर्गत आवश्यक अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको छ भने सञ्चालनअघि गरिने प्राविधिक तथा सुरक्षा परीक्षण अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।
परियोजनाअनुसार सुरुङभित्र प्रयोग हुने मर्मतसम्भार, आपत्कालीन उद्धार तथा सञ्चालनसम्बन्धी सवारीसाधनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । अहिले भेन्टिलेसन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चार प्रणाली तथा नियन्त्रण कक्षलगायत सुरक्षा प्रणालीको अन्तिम परीक्षण भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)