फर्सीमुन्टाको यस्ता छन् आश्चर्यजनक फाइदा
canadanepal.com · Thu Aug 06 05:41:00 UTC 2020
काठमाडौँ। मौसमअनुसार नेपाली बजारमा थुप्रै किसिमका साग सब्जीहरु पाइन्छन्। पछिल्लो समय सहरमा पनि मानिसले आफ्नो करेसा बारीमा तथा घरका छत र कौशीमा मौसमी साग सब्जीहरु उब्जाउन थालेका छन्। बजारमा पाइने साग सब्जीमा विभिन्न किसिममा विषादी मिसाइएको हुँदा मानिसले अहिले आफ्नै बारी तथा करेसामा जैविक साग सब्जीहरु लगाउने गरेका छन्।
यस्तै अहिलेको मौसममा सबैको घरको बगैंचा, बारी वा करेसामा झर्लम्म फर्सीका लहराहरु देख्न सकिन्छ। फर्सीमा थुप्रै गुणकारी तत्व भएका कारण स्वास्थ्यलाई अत्याधिक लाभदायी हुने गर्दछ। फर्सीमा प्रसस्त मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जसले शरीरभित्र ‘भिटामिन ए’मा परिणत भई स्वस्थ आँखा र स्वस्थ मुटुका लागि मद्दत गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)