टुटेश्वरनाथको दर्शनका लागि दण्डीयात्रा जारी
deshsanchar.com · Thu Aug 01 17:45:42 UTC 2024

महोत्तरी –जिल्लाको चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथ महादेवको दर्शनका लागि श्रद्धालु भक्तजनले थालेका दण्डीयात्रा (पस्रेर अघि बढ्ने) को आज दोस्रो दिन पनि यात्रा जारी छ। निर्जन वनक्षेत्रमा बोलबम गुञ्जदो छ। बुधबार यसवर्षको साउने मेलाअन्तर्गतको दण्डीयात्रा सुरु गरेका श्रद्धालुले पहिलो दिन चार किलोमिटर यात्रा गरेका थिए।
पस्रदै, उठ्दै फेरि पस्रदै। आफू पस्रदा (लम्पसार पर्दा) ओगटेको दुरी रेखाङ्कित गर्दै गन्तव्यतिर अघि बढ्दै। सबैको एउटै उद्देश्य शिव दर्शन। सबैको एउटै वाणि ‘बोल बम !’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)