मलाई किन निद्रा लाग्दैन? मनोचिकित्सकका पाँच सुझाव
deshsanchar.com · Sun Nov 22 17:02:57 UTC 2020
मानसिक स्वास्थ्य
सञ्चार संवाददाता
४ मिनेट पहिले
प्रश्न: मलाई निद्राको समस्या पहिलादेखि नै थियो। जेनतेन केही घण्टा म निदाउँथे। पछिल्लो समय मलाई निद्रा नलाग्ने समस्या झन् धेरै बढ्न थालेको छ। मनमा धेरै विचारहरु आउँछन्। निद्रा पटक्कै लाग्दैन। यस्तो किन हुन्छ ? यसको समाधान के हुन सक्छ?
सुवास, वर्ष ३१ (नाम परिवर्तन)
-पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक, मनोचिकित्सक, प्राध्यापक डा. रवि शाक्यको जवाफ:
निद्रा सबैलाई एकै नाशले लाग्दैन। व्यक्तिको शारीरिक आवश्यकता हेरेर सामान्य वा असामान्य भन्न मिल्छ। कोहीलाई ५,६ घण्टामात्र सुते पनि पुग्छ। कसैलाई ८ देखि १० घण्टा नै निद्रा आवश्यक पर्ने हुन्छ। अब हामीले यो थाहा पाउन जरुरी छ कि कम सुतेर केही समस्या परेको छ अथवा छैन। समस्या परेको छैन भने त्यो सामान्य भयो।
तर, पहिलाको सुत्ने बानी भन्दा अहिले कम भएको छ र त्यसले तपाईँलाई हानि गरिरहेको छ भने त्यसलाई समस्याको रुपमा लिन सकिन्छ।
निद्राको समस्या हुने विभिन्न कारणहरु छन्। तर त्योभन्दा पहिला हामीलाई निद्राकै समस्या हो अथवा हैन भनेर थाहा पाउनु पर्छ। त्यसैले केही बानीहरुको बारेमा जान्न र प्रयोग गर्न जरुरी छ। यसलाई हामी स्लिप हाइजिन भन्छौँ।
१. सँधै एकै समयमा उठ्ने
रातमा जति नै बेला निद्रा लागेपनि बिहान ओछ्यान छोड्ने समय एकै हुनुपर्छ। यसले गर्दा कति बेला निद्रा लाग्ने भन्ने कुरा शरीर आफैले निर्धारण गर्छ।
२. निद्रा लागेपछि मात्रै ओछ्यानमा जाने
एक किसिमको गलत धारणा छ, राति बेलैमा सुत्नुपर्छ। त्यो गलत हो। सुत्न निद्रा लागेपछि मात्रै ओछ्यानमा जानुपर्छ। ओछ्यानमा गएर निद्रा डाकेर बस्नु हुँदैन। झन् हिजोआज ओछ्यानमा गएर मोबाइल चलाएर बस्ने चलन छ। त्यसैले ओछ्यानमा पल्टेपछि २०, २५ मिनेट सम्म निद्रा आएन भने बाहिर आएर केही सामान्य काम गर्ने गर्नुपर्छ। पढ्न सकिन्छ, संगीत सुन्न सकिन्छ, घरको काम गर्न सकिन्छ।
३. निद्रा भगाउने खानेकुरा नखाने
चिया, कफीले निद्रामा समस्या ल्याउन सक्छ। त्यसैले दिउँसो सकेसम्म यस्ता खानेकुरा खान हुँदैन। चुरोट, रक्सीको सेवनले पनि निद्रा प्रभावित पार्न सक्छ। त्यसैले यस्ता चिजको सेवन कम गर्नुपर्छ।
४. दिनमा कम्तीमा पनि ३० मिनेछ अथवा एक घण्टा हिँड्ने गर्नुपर्छ।
५. राति सुत्नुभन्दा अगाडि धेरै चिन्ता लाग्ने कुरा मनमा नखेलाउने गर्नुपर्छ। ‘आजलाई पुग्यो म बाँकी भोलि सोच्छु’ भनेर सुत्न प्रयास गर्नुपर्छ।
तपाईँलाई धेरै किसिमका विचार आउछन् भने तपाईँलाई चिन्ताको समस्या हुन सक्छ। निद्रा नलाग्ने समस्या उदासीको रोग भएको बेलामा पनि हुनसक्छ। तपाईँको यत्ति कुरा सुनेर मात्रै चाहिँ चिन्ताकै समस्या हो भनेर भनिहाल्न मिल्दैन। यसको समाधानको लागि तपाईलाई मानसिक रोग विशेषज्ञले सहयोग गर्न सक्नुहुनेछ। चाँडै सम्पर्क गरिहाल्नुहोस्।
भिडियो हेर्नुहोस्:
(मानसिक स्वास्थ्य सम्बन्धी तपाईँका केही जिज्ञासा भएमा [email protected] मा पठाउनुहोला। हामी मनोचिकित्सक, मनोविद् वा विशेषज्ञबाट यसको जवाफ लिने प्रयास गर्नेछौँ। तपाईँको परिचय गोप्य रहनेछ।)
सम्बन्धित वर्गका समाचारहरू
सिरहामा सुत्केरीको मृत्युपछि अस्पतालमा तोडफोड
रासस १ घण्टा पहिले
फेसबुकमार्फत ठगी गरेको आरोपमा एक पक्राउ
रासस २ घण्टा पहिले
मापसेपछि कुटाकुट हुँदा मृत्यु
सञ्चार संवाददाता २ घण्टा पहिले
कोरोनासँग अल्झेर बस्नु हुन्न
डा. प्रवीण श्रेष्ठ २ घण्टा पहिले
मोबाइल भ्यानबाट काठमाडौँ महानगरले थाल्यो स्वाब संकलन
सञ्चार संवाददाता ९ घण्टा पहिले
अमेरिकामा ६ दिनमै थपिए १० लाख भन्दा बढि संक्रमित
सञ्चार संवाददाता १० घण्टा पहिले
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)