भकिम्लीका कृषकलाई घरदैलोमै पशु उपचार सेवा
gorkhapatraonline.com · Mon May 18 02:59:03 GMT 2026

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा पशुपालन गर्ने कृषकका घरदैलोमै पुगेर निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरिएको छ । शिविरमा ७७ जना कृषकका करिब तीन हजार पाँच सय पशुपन्छीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधी वितरण गरिएको हो ।
आइतबार आयोजित शिविरमा ७७ जना कृषकका करिब तीन हजार पाँच सय पशुपन्छीका लागि औषधी वितरण गरिएको नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा गाई, भैँसी, बाख्रा, कुखुरा लगायतका पशुपन्छीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधी वितरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)