मुख्यमन्त्री शाहले सरकारी निवासमा हेलमेट बिना बुलेट कुदाएपछि ...
setopati.com · Thu Jul 02 08:21:04 GMT 2026

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई बिहीबार बिहान ट्राफिक प्रहरीले कार्यालयमै पुगेर पाँच सय रुपैयाँ जरिवाना तिराएको छ। कैलाली जिल्ला ट्राफिक प्रहरी निरीक्षक रेशमप्रसाद आचार्य नेतृत्वको टोलीले मुख्यमन्त्रीको कार्यकक्षमा पुगेर जरिवाना गराएको हो।
१६ गते बेलुका ८ बजेतिर एक जना आफन्त बुलेट बाइक चलाएर मुख्यमन्त्री शाहको निवासमा भेट्न पुगेका थिए। मुख्यमन्त्री शाहलाई गत हिउँददेखि खुट्टाको हड्डीको समस्या देखापरेको थियो। उनले नेपालका विभिन्न अस्पतालका साथै दिल्लीको म्याक्स अस्पतालमा उपचार तथा परामर्श लिँदै आएका छन्। चिकित्सकको सल्लाह अनुसार उनी वाकरमा हिँड्ने गर्छन्। चिकित्सकले मुख्यमन्त्री शाहलाई पछिल्लो समय थप मुभमेन्ट गर्न परामर्श दिँदै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)