एमालेको सचिवालय बैठक आज बस्दै
annapurnapost.com · Mon May 18 03:04:09 GMT 2026

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा नेताहरुको कार्यविभाजन र समसामयिक विषयमा छलफल हुनेछ।
पार्टीको ११ औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने बताइएको छ। एमालेले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै जिम्मेवारी बाँडफाँटको तयारी गरेको छ। बैठकले केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)