बाँझो बलौटे जमिनमा तरबुजा खेती: दैनिक १२ हजार कमाउँदै सुन्दर
ratopati.com · Mon May 18 03:42:46 GMT 2026

पोखरा । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले लटरम्म फल लागेको छ। लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका हुन्।
उनले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाएका थिए। अहिले उनको बारीबाट औसतमा दैनिक २०० केजी तरबुजा बिक्री भइरहेको छ। प्रतिकेजी ६० रुपैयाँका दरले दैनिक १२ हजार रुपैयाँको कारोबार भइरहेको बरालले बताए। यस वर्ष १५ लाख रुपैयाँ बराबरको कारोबार गर्ने उनको लक्ष्य छ। ‘तरबुजाको बजारका लागि चिन्ता लिनुपर्दैन, व्यवसायीहरू बारीमै लिन आइपुग्नुहुन्छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)