पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशतले बढ्यो
nepalnews.com · Thu Jul 02 09:02:16 GMT 2026

काठमाडौँ। सन् २०२६ को जुनमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो।
यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए। त्यसैगरी कोभिड १९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् २०१९ को जुनको ७४ हजार ८८३ आगमन भएको थियो। त्यसका आधारमा पनि यस वर्षको जुनमा २२.०१ प्रतिशतले वृद्धि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)