बर्डफ्लुले ‘पोल्ट्री’ क्षेत्रमा बढ्यो जोखिम
gorkhapatraonline.com · Wed Jun 10 23:32:57 GMT 2026

नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्डफ्लु सङ्क्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक सङ्कट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी निकायले बर्डफ्लु नियन्त्रणमा अधिकतम् प्रयास गरिरहेको उल्लेख गरे पनि ठुला फार्ममा बर्डफ्लुको सङ्क्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ मा सङ्क्रमण १० जिल्लासम्म फैलिँदा प्रत्यक्ष रूपमा कम्तीमा ५० करोड रुपियाँ बराबरको क्षति भएको छ । पशु स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक असर भने यसभन्दा धेरै ठुलो हुने अनुमान गरिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (एनएएचआइएस) र ¥यापिड रेस्पोन्स टोली (आरआरटी) को तथ्याङ्क अनुसार हालसम्म ५६ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएको छ । सङ्क्रमण नियन्त्रणका लागि देशभर पाँच लाख ५३ हजार ६५० वटा पन्छी, १० लाख आठ हजार ९२८ वटा अन्डा र दुई लाख पाँच हजार ९७५ किलोग्राम दाना नष्ट गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)