विष्णु पौडेलमाथि अनुसन्धान गर्न ६ दिन म्याद थप
annapurnapost.com · Thu Jul 02 09:21:46 GMT 2026

काठमाडौं : विशेष अदालत काठमाडौंले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न थप ६ दिनको म्याद दिएको छ। न्यायाधीश हेमन्त रावल,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो।
सम्पत्ति शुद्धीकरण कसूरमा पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। पौडेल हाल सानेपास्थित प्रहरी हिरासतमा छन्। यसअघि दिएको म्याद सकिएपछि आज विशेष अदालतले अनुसन्धान गर्न प्रहरीलाई थप म्याद दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)