कानुन संशोधन गर्दा अभिव्यक्ति स्वतन्त्रतालाई ध्यान दिइयोस्: ज्ञानेन्द्र शाही
nagariknews.nagariknetwork.com · Thu Jul 02 09:16:14 GMT 2026

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले मुलुकी अपराध संहिता, २०७४ संशोधनको प्रस्तावले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यतामाथि असर पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले परराष्ट्र नीति व्यक्तिगत आवेगका आधारमा नभई पञ्चशीलको सिद्धान्तमा आधारित हुनुपर्ने बताए। प्रधानमन्त्रीले भारतसँगको सीमा सम्बन्धी दिएको अभिव्यक्ति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने भन्दै गल्ती भएको भए त्यसलाई सच्याउनु नै राष्ट्रहितमा हुने बताए । साथै, संसदको मर्यादा कायम राख्न सभामुखले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)