प्राइम टायल्सको शोरुम उद्घाटन सम्पन्न
ajakoartha.com · Thu Jul 02 09:32:00 GMT 2026

काठमाडौं- मिर्चैया, सिराहा, असार , २०८३ – नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले सिराहाको मिर्चैयास्थित पशुपति ट्रेडर्समा आफ्नो नयाँ क्लासिक शोरुम सञ्चालनमा ल्याएको छ । आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित शोरुमको औपचारिक उद्घाटन गरिएको हो ।
प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीप कुमार झाको प्रमुख आतिथ्यमा उक्त सोरुमको उद्घाटन सम्पन्न गरिएको हो । उद्घाटन समारोहमा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता, सञ्चारकर्मी तथा निर्माण क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा क्षेत्रीय बिक्री प्रमुख बिकाश सिन्हा, राकेश शाह लगायत टोलीले अतिथिहरूलाई स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)