अमेरिकामा कारमा आगाे लगाउने व्यक्ति प्रहरीबाट मारिए
baahrakhari.com · Sun May 08 16:44:00 GMT 2022
एपी । अमेरिकाको नर्थ क्यारोलिनाको रालेइगस्थित एउटा प्रहरी स्टेसन नजिक मोलोतोभ ककटेल खन्याएर कारहरू जलाउँदै गरेका एकजना पुरुषलाई शनिबार प्रहरीले गोली हानेर मारिदिएको छ ।
पत्रकार सम्मेलनमा प्रहरी प्रमुख आयुक्त एस्टेल्ला प्याटरसनले जिल्ला प्रहरी कार्यालय नजिक करिब दिउँसो १ः२० तिर एकजना व्यक्तिले पार्किङ गरिएका सवारी साधनहरूमा आगजनी गरिरहेको एक प्रहरी अधिकारीले देखेपछि कारबाही सुरु भएको बताइन् । ती व्यक्तिलाई आगो नलगाउन आदेश दिएपनि नमानेपछि गोली चलाउन बाध्य भएको प्रहरीले उनकाे भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)