निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित
nagariknews.nagariknetwork.com · Mon May 18 04:12:36 GMT 2026

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन्। वडा कार्यालयद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श, औषधि वितरण तथा रगत परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । उपचारका लागि आउनेमध्ये करिब ९८ प्रतिशत महिला थिए।
आधारभूत स्वास्थ्यचौकी वन समितिका प्रमुख हरिनाथका अनुसार शिविरमा ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकामा सात जना शङ्कास्पद बिरामी फेला परेका छन्। १०२ जनाको उच्च रक्तचाप परीक्षण तथा ११० जनाको मधुमेह परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३५ जनामा उच्च रक्तचापको समस्या देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)