मिटरब्याज विवादमा मुछिए पूर्व वडाध्यक्ष, अनुसन्धानबाट जोगिन फरार
annapurnapost.com · Thu Jul 02 09:43:09 GMT 2026

विराटनगर : मोरङको लेटाङ नगरपालिकाका पूर्व वडाध्यक्ष रामकुमार श्रेष्ठ अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवादमा मुछिएका छन् । उनीविरुद्ध मिटरब्याजको उजुरी परेको छ ।
उजुरी परेको सुइँको पाउन साथ उनी प्रहरीको सम्पर्क बाहिर रहेका छन् । उजुरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला फरार भएपछि प्रहरीले रामकुमारको खोजी गरिरहेको छ । उनी लेटाङ नगरपालिका–४ का तत्कालीन वडाध्यक्ष हुन् । उनीविरुद्ध ‘हेलो सरकार’ मा अनुचित लेनदेनसम्बन्धी उजुरी परेको थियो । उक्त उजुरी जिल्ला प्रशासन कार्यालय मोरङ हुँदै अनुसन्धानका लागि नेपाल प्रहरी समक्ष पुगेको छ । त्यसपछि प्रारम्भिक अनुसन्धानका लागि रामकुमारलाई सम्पर्क गर्न खोजिए पनि उनी उपस्थित नभएपछि खोजी सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)