सञ्चारक्षेत्रको प्रगति : सरकारी वेबसाइट पहुँचमैत्री
gorkhapatraonline.com · Thu Jun 11 00:03:07 GMT 2026

सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यसूचीको बुँदा नम्बर ३० मा सरकारी एप तथा पोर्टललाई अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने उल्लेख गरिएको थियो । डिजिटल सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न तथा अपाङ्गता भएका व्यक्तिको सूचना प्राप्त गर्ने अधिकारलाई प्रभावकारी बनाउन सरकारले यो सुविधा कार्यान्वयनमा ल्याएको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)