राष्ट्रपतिले संविधानको रक्षा गर्न सक्नुभएन, तत्काल राजीनामा दिँदा देशको भलो हुन्छ स् प्रभु साह
rajdhanidaily.com · Thu Jul 02 09:54:46 GMT 2026

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले राष्ट्रपति रामचन्द्र पौडेललाई पदीय गरिमा कायम गर्न नसकेको भन्दै जिम्मेवारीबाट अलग हुन आग्रह गरेका छन् । अध्यक्ष साहले राष्ट्रपति पौडेलले राष्ट्रियता र संविधानको रक्षा गर्न नसकेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् । पूर्वमन्त्री साहले जेन–जी आन्दोलनताका राष्ट्रपति पौडेलले संसद् जोगाउन नसकेको र संविधानको संरक्षक हुँदासमेत संविधान मिचेर सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरेसँगै मुलुक गम्भीर संकटको भूमरीमा फसकेको गम्भीर आरोप लगाए ।
आज (बिहीबार) आजपाको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले विदेशी नागरिकलाई नेपालमा सरकारी जागिर र वंशजको नागरिकता दिने कुरा राष्ट्रियताको प्रतिकुल भएको भन्दै यी सबै कुरामा राष्ट्रपति पौडेल वर्तमान सरकारको सारथी बनेको भन्दै तत्काल पदीय दायित्वबाट अलग हुन सुझाव दिएका हुन् । उनले विदेशीलाई सरकारी जागिरमा प्रवेशको सुरुवात गरिनु र विदेशीलाई वंशजको नागरिकता दिइनु मात्रै नभएर नेपाली पूँजी खुलेआम विदेश लैजाने बाटो खोलिएको भन्दै उनले राष्ट्रियताको सवालमा वर्तमान सरकारसामू राष्ट्रपति पौडेल निरीह सावित भएको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)