बजेट विवादले मधेश प्रदेशसभा अवरुद्ध, बैठक अनिश्चितकालका लागि स्थगित
bishowkhabar.com · Thu Jul 02 09:54:30 GMT 2026

काठमाडौ- बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।
जनमतका सांसद संजयकुमार यादवले बजेटलाई टुक्रे योजनामुखी भएको आरोप लगाउँदै संशोधन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्याए । जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेट संशोधन वा छानबिन समिति गठनको माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)