आयल निगममा कर्मचारीलाई दिइँदै आएको 'ओभरटाइम भत्ता' काटियो
annapurnapost.com · Thu Jul 02 09:56:56 GMT 2026

काठमाडौं : नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गरिने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले निगममा ओभरटाइमका नाममा भइरहेको करोडौँ रुपैयाँको अनावश्यक खर्च र अनियमितता रोक्न कटौती गर्ने निर्णय गरेकी हुन्।
नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत 'सेवा सुविधा' शीर्षकमा व्यवस्था गरिएको अतिरिक्त कार्यभत्तालाई अब 'सिफ्ट प्रणाली' का आधारमा पुनर्संरचना गर्ने गृहकार्य अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)