केयरगिभरको परीक्षा स्थगित
gorkhapatraonline.com · Thu Jun 11 00:20:46 GMT 2026

इजरायल रोजगारीका लागि आवश्यक अङ्ग्रेजी भाषा परीक्षा व्यवस्थापनमा देखिएको प्राविधिक समस्या र परीक्षार्थीको गुनासोपछि परीक्षा स्थगित गरिएको छ । केयरगिभर रोजगारीका लागि अनिवार्य गरिएको आधारभूत तहको अङ्ग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इङ्ग्लिस टेस्ट) अन्तर्गत परीक्षा दिएका परीक्षार्थीले व्यवस्थापन, शुल्क र प्राविधिक कमजोरीबारे धेरै गुनासो आएपछि परीक्षा स्थगित गरिएको हो ।
उक्त परीक्षा त्रिपुरेश्वरस्थित सिआइआइएनमार्फत सञ्चालन भएको थियो । परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् । परीक्षाका सहभागीले परीक्षामा सर्भर समस्याले आवाज नआउने, हेडसेट तथा कम्प्युटर सेटअपमा कमजोरी र अत्यधिक भिडका कारण परीक्षा भद्रगोल भएको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)