साल्ट ट्रेडिङका सहायक प्रबन्धक झाविरुद्ध भ्रष्टाचार मुद्दा
annapurnapost.com · Thu Jul 02 10:10:10 GMT 2026

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक (सातौं तह) मनोज कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरी बढुवासमेत लिएको आरोपमा झाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अनुसन्धानका क्रममा झाले सन् १९९८ मा भारतको बोधगयास्थित मगध विश्वविद्यालयबाट प्राप्त भएको भनी बीएस्सीसम्बन्धी मार्कसिट,माइग्रेसन प्रमाणपत्र,ट्रान्सफर सर्टिफिकेट तथा प्रोभिजनल सर्टिफिकेटलगायतका झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको खुलेको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)