झिमरुकमा गरियो हरित हाइड्रोजन उत्पादन
gorkhapatraonline.com · Thu Jun 11 00:34:09 GMT 2026

प्युठानको झिमरुक जलविद्युत् केन्द्रपरिसरमा हरित हाइड्रोजन उत्पादन सुरु गरिएको छ । बुटवल पावर कम्पनी लिमिटेडले माण्डवी गाउँपालिका–३, दारिमचौरस्थित १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् आयोजनाको परिसरमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन प्लान्ट स्थापना गरी उत्पादन थालेको कम्पनीका सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नवीकरणीय जलविद्युत् प्रयोग गरी विद्युत् अपघटन (इलेक्ट्रोलाइसिस) प्रक्रियामार्फत हाइड्रोजन उत्पादन भइरहेको छ । विश्व बैङ्कको प्राविधिक सहयोग तथा बेलायत सरकार अन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसिडिओ) मार्फत युके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा परियोजना कार्यान्वयन गरिएको हो ।
हरित हाइड्रोजनलाई विश्वभर न्यून कार्बन उत्सर्जनयुक्त ऊर्जा प्रणालीतर्फको सङ्व्रmमणमा महत्वपूर्ण ऊर्जावाहकका रूपमा लिइन्छ । नवीकरणीय स्रोतबाट उत्पादित विद्युत् प्रयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरेर उत्पादन गरिने यस इन्धनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारण जस्ता क्षेत्रमा उपयोगको सम्भावना बोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)