बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
ratopati.com · Thu Jul 02 10:27:25 GMT 2026

हेटौँडा । बागमती प्रदेशसभा बैठकले २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकले ‘प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८३’ र ‘प्रदेश विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
बैठकमा सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८३’ विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले ‘प्रदेश विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३’ विधेयक यकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)