लिमीको तील गाउँमा पुगेर ज्येष्ठ नागरिकको उपचार
deshsanchar.com · Fri Aug 02 17:15:13 UTC 2024

सिमकोट – चार हजार दुई सय मिटर अग्लो स्थानमा रहेको तील गाउँमा स्वास्थ्यकर्मी पुगेर ज्येष्ठ नागरिक र दिर्घ रोगीहरुको उपचार गरेका छन्। ती दुवै किसिमका बिरामीहनाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँमा रहेको लिमी स्वास्थ्य चौकीमा पुगेर उपचार गर्न नसक्ने भएपछि स्वास्थ्यकर्मी तील गाउँ मै पुगेर उपचार गरिएको हो।
बिरामी स्वास्थ्य चौकी आएर उपचार गर्न नसक्ने भएको खवर आएपछि औषधी र स्वास्थ्यकर्मी स्वास्थ्य चौकीबाट पाँच घण्टा पैदल हिडेर तील गाउँ मै पुगेर ज्येष्ठ नागरिक र दिर्घरोगीहरुको उपचार गरिएको लिमी स्वास्थ्य चौकीका संयोजक गोर्ख भण्डारीले बताए। बिरामीहरु स्वास्थ्य चौकीसम्म पुग्ने अबस्था नरहेपछि आफु सहित स्वास्थ्यकर्मी सो गाउँमा पुगेर बिरामीहरुको उपचार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)