काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु, भारतीय विश्वविद्यालयबारे एकै थलोमा जानकारी
ratopati.com · Fri Jun 26 08:12:46 GMT 2026

काठमाडौँ । नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालय तथा कलेजबारे जानकारी उपलब्ध गराउने उद्देश्यले काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु भएको छ। समृद्धि एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा इन्ट्रोडक्सन ट्रेडसोज नेपाल प्रा.लि.को व्यवस्थापनमा शुक्रबारदेखि काठमाडौँको एभरेस्ट होटलमा मेला सुरु भएको हो।
शैक्षिक मेलामा नेपालका विभिन्न शैक्षिक परामर्श संस्थामार्फत भारतीय कलेज तथा विश्वविद्यालयका प्रतिनिधि सहभागी छन्। मेलामा प्लस-टु तथा स्नातक तह पूरा गरेका वा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई निःशुल्क शैक्षिक परामर्श प्रदान गरिने मेलाका व्यवस्थापक इन्ट्रोडक्सन ट्रेडसोज नेपाल प्रा.लि.का प्रतिनिधि सुमन महर्जनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)