हिमेशले ल्याए १६२३ मत, रीमा र अनुष्कालाई कति ?
nepalpress.com · Thu Jun 25 16:05:50 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा भएको प्रतिस्पर्धामा केही सेलिब्रिटीहरु पनि सामेल छन् । कलाकारिताको पृष्ठभूमिबाट आएका हिमेश पन्त, रीमा विश्वकर्मा र अनुष्का श्रेष्ठले खुल्लातर्फ भाग लिएका थिए ।
उनीहरुमध्ये रीमा विश्वकर्माले सर्वाधिक १८१० मत प्राप्त गरिन् । केन्द्रीय सदस्यमा उनको सम्भावना बलियो बनेको छ । यस्तै अनुष्का श्रेष्ठले १३५३ मत ल्याइन् । उनीभन्दा हिमेशले बढी मत ल्याएका छन् । उनलाई १ हजार ६ सय २३ मत आएको छ । यो विद्युतीय मतदानको नतिजा हो । प्रवासतर्फको मतगणना सार्वजनिक भइसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)