३५० किमिको रफ्तारमा दौडियो चीनको बुलेट ट्रेन
baahrakhari.com · Thu Jul 02 11:02:47 GMT 2026

काठमाडौं । चीनले प्रतिघण्टा ३५० किलोमिटरको गतिमा सञ्चालन हुने नयाँ बुलेट ट्रेन सेवा सुरु गरेको छ । यसलाई चीनको हाई–स्पिड रेल नेटवर्कको अर्को ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।
यो रेल सेवाले देशको उत्तरपश्चिमी र मध्य क्षेत्रलाई जोड्ने काम गर्छ । चीनको दुर्गम चिनलिङ पर्वत शृंखलालाई छिचोलेर यो सञ्चालन गरिन्छ । यो सेवा मंगलबार शियान इस्ट रेलवे स्टेसनबाट बुलेट ट्रेन ‘जी३९६६’ प्रस्थान गरेसँगै औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)