इरानी टोलीलाई प्रथम लायन्स कप भलिबलको उपाधि
lokaantar.com
नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टिमले पोखरामा आयोजित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आज पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनल खेलमा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टिमले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टिमले उपाधि रक्षा गरेको हो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले जित्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)