ट्याक्टरको ठक्करले जन्ती हिडेका एकको मृत्यु, एक घाइते
gorkhapatraonline.com · Mon May 05 17:16:44 GMT 2025

गाईघाट (उदयपुर), वैशाख २२ गते । चौदण्डीगढी नगरपालिका –४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा आज बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका –४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । घाइते हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका –२० का २३ वर्षीय योजन राई रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)