कारबाहीमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले भने !
barnanmedia.com · Thu Jul 02 11:05:30 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्राफिक नियमको पूर्णपालना गर्न गराउन सरोकार भएका सबैलाई आग्रह गरेका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले दुर्घटनाबाट हुने सम्भावित जोखिमबाट बच्न अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री शाहले निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको श्रव्यदृश्य सामग्री सार्वजनिक भएपछि आलोचना भएको थियो । त्यसबारे स्पष्ट पार्दै उनले भने, “कानुनका अगाडि कोही सानो वा ठूलो हुँदैन । नियम सबैले पालना गर्नुपर्छ । सोहीकारण मैले पनि हेलमेट नलगाएर मोटरसाइकल चलाएको सामग्रीबारे आलोचना भएपछि जरिवाना तिरेको छु । आफ्नो सुरक्षाका लागि सबैले नियम पालना गर्नुपर्छ भन्ने सन्देश दिन सबैमाझ जरिवाना तिरेको विषय सार्वजनिक गरेको हुँ ।” मुख्यमन्त्री शाहले जरिवानाबापत रु पाँच सय तिरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)