भोटोकोशी हिमबाढी : किसानका गुमे हजारौँ पशुचौपाया
gorkhapatraonline.com · Thu Sep 03 00:46:19 GMT 2026

यही भदौ १० गते बिहान भोटेकोशीको पानी अस्वाभाविक रूपमा उर्लिन थालेपछि रसुवा, नुवाकोट, चितवन र धादिङस्थित नदी किनारका बासिन्दाले सामान्य बाढी ठानेका थिए तर केही घण्टामै त्यो पानीले घर, गोठ, खेतबारी, सडक, पुल र मानिसका सपनासमेत बगाएर लग्यो । बाढीको प्रत्यक्ष प्रभावमा परेका हजारौँ परिवारमध्ये धेरैका लागि सबैभन्दा ठुलो पीडा घर भत्किनु मात्र थिएन, बरु बर्सौंको मेहनतले हुर्काएका पशुचौपाया गुमाउनु थियो । केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तानसरह माया गरेर पालेका पशु गुमाउनु पर्यो ।
सरकारी निकायले पहिलो चरणमा मानवीय उद्धारलाई उच्च प्राथमिकता दिए पनि पशुधन र किसानले भोगेको आर्थिक क्षतिमा उत्तिकै ध्यान दिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)